अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 09:45

इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या १६ हजार पुगेको पुष्टि

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:५० मा प्रकाशित

इजरायली आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीबीसीले अहिलेसम्म थप ३ सय ४९ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले अक्टोबर ७ मा सुरु भएको इजरायल–हमास युद्ध पछि गाजामा १५ हजार ८ सय ९९ जनाको मृत्यु भएको जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालय हमासले सञ्चालन गरिरहेको छ ।

मृत्यु हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका हमासले जनाएको छ । अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायल प्रवेश गरी आक्रमण गर्दा १२ सय इजरायलीको मृत्यु भएको थियो । हमासले झण्डै २ सय ४० जनालाई बन्धक बनाएर गाजा फर्काएको थियो ।

लगत्तै इजरायलले हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । इजरायलले युद्धको उद्देश्य हमासलाई गाजा पट्टीबाट हटाउनु रहेको बताएको छ । पाँचदिन अघि समाप्त भएको सात दिने अस्थायी युद्धविराममा १ सयभन्दा बढी बन्धकहरूलाई रिहा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू