अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

पोखरा आइपुगे मुर्रा राँगा, फूलमालाले स्वागत

बिआरटीनेपाल २०८० मंसिर ९ गते ४:०७ मा प्रकाशित

भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगामध्ये ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएकाे १५ राँगामध्ये पोखरा आइपुगेका ७ वटा राँगालाई फुलमालाले स्वागत गरिएकाे छ ।  पोखरा महानगरपालिका-१५ मा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा राँगा राखिएको छ । नेपालगञ्जबाट बुटवल पाल्पा, स्याङजा हुँदै पोखरा ल्याइएका राँगाहरु  प्रजनन कार्यालयमा राखिएका छन् ।

सबै राँगा करिब एक महिना क्वारेन्टिनमा राखेपछि मात्रै वीर्य सङ्कलन केन्द्रमा लगिने कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिनुभयाे । उहाँले उन्नत जातका मुर्रा राँगोबाट एक पटकमा तीन सय पटक हाराहारी पुग्ने वीर्य सङ्कलन गर्न सकिने उहाँले बताउनु भयो । मुर्रा राँगाबाट एक वर्षमा १५ देखि २० हजार पटक वीर्य सङ्कलन गर्ने लक्ष्य रहेको पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय