अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 06:40

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नीको निधन

बिआरटीनेपाल २०८० मंसिर ४ गते ५:४१ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नी रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो सयम डिमेन्सीया रोगले ग्रस्त रोजलिनको आफनै निवासमा निधन भएको बीबीसीले जनाएको छ ।रोजलिन कार्टरको निधनप्रति दुख व्यक्त गर्दै अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले आफले जीवनमा हासिल गरेका सबै सफलता र प्रगतिको आधा हिस्सा आफनी पत्नीको भएको भन्दै उनको निधनले आफु नितान्त एक्लो भएको प्रतिक्रिया दिनुभएको छ ।

कार्टर दम्पत्तीले विश्व शान्ति र मानवअधिकारका लागि कार्टर सेन्टर स्थापना गरेका थिए ।यही सेन्टरको कामको सम्मानमा जिमी कार्टरलाई सन् २००२ मा शान्तिका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । सन् १९९९ मा अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर दम्पत्तीलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान प्रेसिडेन्सियल मेडल अफ फ्रीडमद्धारा सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू