अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

नेपालमा बालबालिकासम्बन्धी प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०८० मंसिर ४ गते ५:२८ मा प्रकाशित

नेपाल बालअधिकार परिषद्ले नेपालमा बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको अवस्था हरेक क्षेत्रबाट नाजुक रहेको औंल्याईएको छ ।देशमा ९८ लाख ६९ हजार ५८४ बालबालिका रहेकोमा भन्दै परिषदले केन्द्र र प्रदेश सरकारको तर्फबाट उनीहरुहरुको स्थिति सम्बन्धि प्रतिवेदन सार्वजनिक नगरेकोमा दुःख पनि व्यक्त गरेको छ ।

११ हजार बढी बालबालिका विभिन्न बालगृहमा संरक्षित रहेकोमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले बालबालिकाको नाममा अधिकारको दुरुपयोग गरेको पनि प्रतिवेदनमा औंल्याइउको छ । आर्थिक वर्ष २०७९/८० मा मात्र ८०९ जना बालबालिकाले आत्महत्या गरेको पनि उल्लेख छ भने बालबालिकाहरु लागु पदार्थ दुव्र्यसन र ओसारपसमा संलग्न रहेको पनि जनाइएको छ । प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा परिषद्का पदाधिकारीहरुले बालबालिकाको अवस्थाबारे अनुभव बाँडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय