अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७
| Colorodo: 06:42
भारतीय उद्धारकर्मीहरूले उत्तराखण्डको एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने योजना बनाएका छन् ।सुरुङमा फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ । एक्स्काभेटरहरूले गएकाे आइतवारदेखि सुरुङबाट माटो, कङ्क्रिट र भग्नावशेष निकालिरहेका छन् । भग्नावशेष भत्किँदा र सुरुङ खन्ने मेशिन बारम्बार बिग्रँदा उद्धार प्रयास सुस्त भएको छ ।
यस्तै खन्ने मेशिनको चर्को आवाजले फसेकाहरू झनै आतङ्कित भएपछि अस्ति शुक्रवार राति ‘ड्रिलिङ’ बन्द गरिएको थियो । सुरुङमा फसेकाहरूसँग कुराकानी भइरहेको छ । आफन्तहरूका अनुसार उनीहरूको अवस्था गम्भीर छ र मनोबल कम भएको बताएका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भाष्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने योजना बनाइरहेका छन् ।