इजरायल र हमास युद्धकाबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रन इजरायल पुग्नुभएको छ । यी दुई राष्ट्रबीचको युद्धमा इजरालयको साथ दिने बाचा गरेको फ्रान्स आफ्नो साथ पुष्टी गर्न इजरायल पुगेको बिश्लेषण गरिएको छ ।भ्रमण कै क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसंग भेट गर्नुभएका फ्रान्सेली राष्ट्रपति म्याक्रनले इजरायलसंग आफनो देशको ऐक्यबद्धता प्रकट गर्नुभएको छ । म्याक्रनले हमासद्वारा बन्धक बनाइएका इजरायली लगायत अन्य देशका नागरिकहरुलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव अघि सानुर््भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भ्रमणकै क्रममा उहाँले इजरायललाई आवश्यक परेको खण्डमा सैन्य सहयोग उपलब्ध गराउने बचन पनि दिनुभएको छ । यी दुई राष्ट्रबीच युद्ध सुरु भए यता अमेरिकी राष्ट्रपति जो बाइडन, अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिन्केन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतका नेताहरु इजरायल पुगी सहयोग गर्ने वचन दिइसकेका छन् ।