अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 10:42

गाजाको मध्यभाग आफनो कब्जामा आइसकेको इजरायलको दाबी

बिआरटीनेपाल २०८० कार्तिक २२ गते ५:२९ मा प्रकाशित

इजरायलले गाजाको मध्यभागमा आफना सेना तैनाथ भइसकेको दाबी गरेको छ । इजरायली रक्षामन्त्री योभ गालान्टले आफना सेना गाजाको मध्यभागमा पुगेको दाबी गर्दै सेनाले स्थल, हवाइ र समुद्री क्षेत्रबाट आक्रमण जारी राखेको दाबी गर्नुभएको छ ।हमासको मुख्य गढ कब्जामा लिएको दाबी गरेको इजरायली सेनाले यसअघि गाजाको दक्षिण भागमा रहेको खान युनिस,रफाह र देइर अल बालाहमा हवाइ आक्रमण गर्दा दर्जनौको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु हुनेको संख्या यकिन गर्न गाहे भएको भन्दै दिनदिनै दर्जनौको मृत्यु हुने गरेको स्पष्ट पारेको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्ध समाप्त भएपछि गाजामाथि अनिश्चितकालीन नियन्त्रण राख्ने दाबी गर्नुभएको छ ।

नेतान्याहुले आफ्नो देशले गाजा क्षेत्रको ‘समग्र सुरक्षा जिम्मेवारी’ लिने बताउँदै मानवीय सहायता र बन्दक निकाल्न केही समयका लागि आक्रमण रोके पनि युद्ध नरोकिने दाबी गर्नुभएको हो । एबीसी न्युजसँगको अन्तर्वार्तामा उहाँले इजरायलले अनिश्चितकालका लागि समग्र सुरक्षा जिम्मेवारी लिने प्रतिक्रिया दिनुभएको छ । गाजामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा युद्धबिरामका लागि भने चौतर्फी दबाब बढेको छ । युद्धमा दुवैतर्फ गरी हालसम्म करिब १५ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू