अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

रिगलको कैद मिनाहामा सरकारले माफी माग्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:४३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल)को कैद मिनाहाप्रति सरकारले माफी माग्नुपर्ने बताउनुभएको छ ।कांग्रेस महामन्त्री शर्माले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रिगलको कैद मिनाहा प्रकरणमा सरकारले नैतिक जिम्मेवारी नलिएको धारणा व्यक्त गर्नुभएको हो । ‘सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दा समेत कसैले पनि आत्मालोचना गरेको देख्दिनँ’  महामन्त्री शर्मालेले भन्नुभएको छ–  हाम्रो पार्टीको कानुन मन्त्री हुनुहुन्छ, पार्टीको उपसभापति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रिपरिषदमा उपप्रधानमन्त्री हुनुहुन्छ । कसैले जिम्मेवारी लिनुपर्दैन ? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन ?  बोल्नुपर्दैन ?

महामन्त्री शर्माले रिगलको कैद मिनाहाको सिफारिस आएपछि राष्ट्रपति कार्यालयले पनि त्यसबेला विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । ‘कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो’ उहाँले भन्नुभएको छ  कसैले राजीनामाको चरणमा पुग्न नसक्ने हो भने माफी मागेर आउनुपर्दथ्यो सरकारको तर्फबाट । त्यो पनि होइन भने आत्मालोचना हुनुपर्दैन ?  कोही छैन जिम्मेवारी लिने ?

नेपालगञ्जका चेतन मानन्धर हत्यामा दोषी ठहरिएका ढकाललाई सरकारको  अनुसार  राष्ट्रपतिले  संविधान दिवसमा कैद मिनाहा गरी रिहा गरिएको थियो ।  चेतनकी पत्नी भारती शेर्पाले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कैद मिनाहा बदर गरिदिपछि ढकाल पुनः जेल परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय