अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौं: प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ६:४३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताउनुभएको छ । उहाँले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको उल्लेख गर्नुभयो । बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको हो ।

‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजस्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘तर अर्थतन्त्र अझै पनि दबाबमुक्त भइसकेको छैन। अर्थतन्त्रको दबाब हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ।’

सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने आफूलाई राम्रोसँग हेक्का भएको प्रचण्डको भनाइ थियो। ‘तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौं। मैले नै त्यसको अध्यक्षता गर्छु,’ उहाँले भन्नुभयो, ‘उक्त अन्तर्क्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टिम बनाएर सोही बमोजिम नीति र कार्यक्रम बनाउँछौं।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय