अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

विश्व रेकर्डका लागि जनकपुरमा अन्नको मूर्ति बनाइने

बिआरटीनेपाल २०८० कार्तिक ११ गते ५:३५ मा प्रकाशित

विश्वमै पहिलोपटक जनकपुरमा अन्नबाट ११ हजार स्क्वायर फिटको प्रतिमा ९मूर्ति० बन्ने भएको छ । विवाह पञ्चमीको अवसरमा जनकपुरमा अन्नको मूर्ति बनाइने भएको हो । जनकपुरमा हुने विवाह पञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सो मूर्ति निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताउनुभयो । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको साहले बताउनुभयो ।सो मूर्ति निर्माण भएपछि वर्ल्ड रेकर्डका लागि दाबी गर्ने उहाँले बताउनुभयो । अन्नबाट राम–सीता स्वयंवर (विवाह) को मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिनुभएको छ ।

‘मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ्ग प्रयोग हुने छैन । जहाँ जुन रङ्गको आवश्यकता पर्छ, सोही रङ्गको अन्न प्रयोग गरिन्छ’ साहले भन्नुभयो । सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।पुस १ गतेदेखि सुरु हुने विवाह महोत्सवका लागि मङ्सिर २० गतेदेखि मूर्ति बनाउन सुरु हुने अध्यक्ष साहले बताउनुभयो । मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट कालिगड आउने छन् । जनकपुरको १२ बिघा जमिनमा निर्माण हुने मूर्ति निर्माणका लागि ५० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । मूर्ति निर्माणका लागि जनकपुर बृहत्तर क्षेत्र विकास कोष र जनकपुरधाम उपमहानगरपालिकाले अगुवाइ गरिरहेको छ भने त्यसका लागि उद्योग वाणिज्य सङ्घ, स्थानीय सरकार र प्रदेश सरकार लगायतको सहयोग रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय