अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

इरानले इजरायल र अमेरिकालाई गाजामा आक्रमण रोक्न दियो चेतावनी

बिआरटीनेपाल २०८० कार्तिक ६ गते ४:०२ मा प्रकाशित

इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न र नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताउनुभएको छ ।

विदेशमन्त्री हुसैनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह समेत गर्नुभएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरेपछि गाजा क्षेत्रमा दुईतर्फी युद्ध चर्किरहेको छ । इरानले प्यालेस्टाइनको समर्थन गर्दै आएको छ भने अमेरिका इजरायलको पक्षमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू