अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७
| Colorodo: 09:02
पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङको बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेको युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ । पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।
