अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गयो

बिआरटीनेपाल २०८० कार्तिक ४ गते २२:१४ मा प्रकाशित

आज बिहान धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पबाट क्षति भए नभएको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । बिहान ठूलो धक्कासहित भूकम्प गएपछि राजधानीका सर्वसाधारण घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय