अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 07:46

नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

बिआरटीनेपाल २०८० कार्तिक ४ गते ३:३२ मा प्रकाशित

जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे । वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ४ बलमा ४९ रन बनाउँदा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरासुकाले १५ र किफर यामामाेताेले १३ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्ता धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।

यसअघि मलेसियाकाे बायाेमास ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल राेकिएकाे थियाे । नेपालका दीपक बाेहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।

फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यस्तै अर्काे सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेकाे यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यू–१९ एसिया कपमा पुग्ने तेस्राे टाेलीकाे टुङ्गाे जापान र सिङ्गापुरबीचकाे खेलकाे विजेताबाट लाग्नेछ । याे खेलकाे विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया