अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

बेल्जियममा अन्धाधुन्ध गोली प्रहार हुँदा २ को मृत्यु

बिआरटीनेपाल २०८० असोज ३० गते ७:१३ मा प्रकाशित

बेल्जियममा एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । राजधानी ब्रसेल्समा भएको घटनामा मारिएका दुबैजना स्वीडेनका नागरिक रहेका छन् । बन्दुक प्रहार लगत्तै फरार भएका ब्यक्तिको खोजी कार्य जारी छ । ब्रसेल्सको ब्यस्त शहरमा ती ब्यक्तिले भीडमाझ गोली प्रहार गरेको बुझिएको छ ।

यो घटना लगत्तै बेल्जियममा सन् २०२४ मा युइएफए कप अन्तर्गत बेल्जियम र स्वीडेनबीचको क्यालिफायर फुटबल खेल रद्द गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू