संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली सेनाको आदेशअनुसार गाजावासीलाई उत्तरबाट दक्षिणतिर सार्नु खतरनाक भएको बताउनुभएको छ । उहाँले गाजाको अवस्था डरलग्दो रहेका पनि बताउनुभएको छ । इजरायलमा हमासले गरेको डरलाग्दो आतंककारी हमलालमा १२ सय बढीको मृत्यु भएको थियो । साथै हजारौँ मानिस घाइते छन् । त्यसको जवाफी कारबाहीमा इजरायलले प्यालेस्टाइनी उग्रवादी संगठन हमास बिरुद्ध प्यालेस्टाइनको गाजामा कारवाही शुरु गरेको छ ।
गुटेरेसले गाजाभर तत्काल मानवीय पहुँच उपलब्ध गराउन आह्वान गर्नुभयो । उहाँले त्यहाँका बासिन्दालाई इन्धन, खाना, पानी लगायतका सामग्री उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले युद्धमा पनि नियमहरु हुने भन्दै अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकारको सम्मान र समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले गाजाका बन्धकहरुलाई तत्काल रिहा गर्नसमेत आग्रह गर्नुभयो ।