अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९
| Colorodo: 01:44
भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने करिब १ सय जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार रेल को ६ वटा डिब्बा लिकबाट उछिट्टिएको थियो । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।