अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुग्यो

बिआरटीनेपाल २०८० असोज २४ गते ७:२६ मा प्रकाशित

अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो ।बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै हुनुहुन्छ । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गर्नुभएको छ । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गर्नुभएको पनि खबरमा उल्लेख छ ।

गएको शनिवार बिहान प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय जना इजरायलीको ज्यान गएको छ । हमासको आक्रमणपछि तीव्र रूपमा जवाफी कारबाही गरेको इजरायलले गाजा क्षेत्र ध्वस्त बनाइदिएको छ । गाजामा अहिलेसम्म नाै सय ५० जनाको ज्यान गएको र १५ सय जना जनाभन्दा धेरै हमास लडाकुको ज्यान गएको इजरायली दाबी छ ।

इजरायलले गाजामा एउटा संरचना पनि बाँकी नराख्ने घोषणा गरेको छ । पानी र खाद्यान्नमा समेत नाकाबन्दी लगाएका कारण गाजाको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू