अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने अर्थशास्त्रीलाई नाेबेल पुरस्कार

बिआरटीनेपाल २०८० असोज २२ गते ७:५५ मा प्रकाशित

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनले पाउनुहुने भएको छ । नोबेल पुरस्कार छनाेट समितिले श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्री गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।अर्थशास्त्री गोल्डिन हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएसँगै यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने काम टुङ्गिएको छ । यो वर्षका विजेताहरूलाई आउँदो डिसेम्बर १० मा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्विडनको स्टकहोम प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा नौ लाख ९० हजार अमेरिकी डलर पाउँछन् । यदि एकभन्दा बढी विजेता भएमा त्यही रकम उनीहरूबीच भाग लगाइन्छ ।

नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । डिसेम्बर १० मा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ । अल्फ्रेड नोबेलले मृत्युअघि इच्छापत्र व्यक्त गरेअनुसार नोबेल पुरस्कारको स्थापना भएको हो । सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्तरूपमा नोबेल पुरस्कार दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू