अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

९ किलो सुन तस्करीमा कृष्णबहादुर महराको संलग्नता देखिएन, राहुलसहित ४ जनालाई मुद्दा चलाइने

बिआरटीनेपाल २०८० असोज २१ गते ७:२७ मा प्रकाशित

विद्युतीय सिगरेट ९भेप० मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० अनुसन्धान प्रतिवेदन आइतबार वकिल कार्यालय पेश गरेको हो । भेप प्रकरणमा जोडिएका नेकपा ९माओवादी केन्द्र० का उपाध्यक्ष एव पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई मुद्दा चलाउन राय दिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

राहुल १३ भदौमा पक्राउ परेका थिए । उनीसहित भेपमार्फत ९ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ र उनका गाडी चालक लोकेन्द्र पौडललाई समेत मुद्दा चलाउन सिफारिस गरिएको छ । त्यस्तै ६१ किलो सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङलाई समेत मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ । दावा हाल पुर्पक्षको लाथि थुनामा छन् ।

भेसमार्फत गत पुसमा सुन तस्करी भएको थियो । कृष्णबहादुर महराको संलग्नता भने नदेखिएको एसएसपी आचार्यको भनाई छ । उक्त सुन भन्सार कार्यालयकै कर्मचारीको मिलोमतोमा चोरी भएको खुलेको थियो । सो अभियोगमा हाल विमानस्थल भन्सारका नासु रेवन्त खड्कासहित सुरक्षा गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको छ । सो सुन चोरी प्रकरणमै जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय