अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४
| Colorodo: 16:39
भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । बेपत्ता भएका उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको बताईएको छ । अचानक आएको बाढीले सेनाका केहि सवारी साधन समेत डुबाएको समाचारमा उल्लेख छ ।जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न निर्देशन दिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्गले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएको छ ।