अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 00:33

सरकारले अपरिपक्व ढंगले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छ : सांसद भण्डारी

बिआरटीनेपाल २०८० असोज १० गते ६:५१ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताउनुभएको छ । सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गर्नुभयो ।बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताउनुभयो । उहाँले चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो। पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाई थियो । सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानून बनाउने काम आफूहरुले गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू