अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 15:43

इमान्दारिताका साथ काम गर्दा कुनै तन्त्रले केही फरक पार्दैन : मेयर साह

बिआरटीनेपाल २०८० असोज ९ गते ६:१९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै मेयर साहले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरुलाई पनि सुरक्षाको प्रत्याभुति दिलाइ देशमै रहेर सय वर्ष बिताउनसक्ने वातावरण सिर्जना गनुपर्ने बताउनुभयो । मेयर साहले स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको बताउनुभयो । उहाँले एउटा व्यक्तिले आफ्नो पेसा इमान्दारिताका साथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताउनुभयो । मेयर साहले देशबाट स्वास्थ्यकर्मीहरु पलायन भइरहेको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू