अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 17:18

कानूनको पालना नहुँदा सरकारको बेरुजु वृद्धि भयो : कार्यवाहक महालेखा परीक्षक काफ्ले

बिआरटीनेपाल २०८० असोज ९ गते ६:१२ मा प्रकाशित

महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले यस्तो बताउनुभएको हो ।उहाँले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु पालना नगर्दा समस्या सिर्जना भएको बताउनुभयो । उहाँले भएको कानूनहरु पालना नभएको काम अडिटरहरुले बेरुजु प्रतिवेदन मार्फत बाहिर ल्याइदिएको दाबी गर्नुभयो ।

उहाँले संसदले पास गरिदिएको बजेट,ऐन कानून अनुसार खर्च हुन नसक्दा समस्या भइरहेको बताउनुभयो । उहाँले राज्य काषको पैसा एक रुपैयाँ पनि नियम विपरित खर्च गर्न नपाउने भन्दै पछिल्लो समय एक वर्षमा १ खर्ब १९ अर्ब रुपैयाँको नियम विपरित भइरहेको बताउनुभयो । उहाँले यस्तो हुँदा पनि लेखा उत्तरदायी अधिकृत अहिले पनि खुला रुपमा हिँडिरहेको बताउनुभयो । उहाँले अडिट वा लेखा राख्ने सन्दर्भमा कानून सुधारको आवश्यक नभएको भन्दै कानूनको पालनामा भएको कमजोरीले गर्दा बेरुजु बढी रहेको बताउनुभयो । उहाँले संसदले निर्देशन दिएपनि लेखा उत्तरदायीले काम नगरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू