अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 00:38

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु हुँदैन : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८० असोज ८ गते ६:२९ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताउनुभएको छ । सोमबार महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संघ, प्रदेश र पालिकाहरु सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्नु नहुने बताउनुभयो । राष्ट्रपति पौडेलले जनतालाई अधिकार दिने कुरामा कुनै कन्जुस्याँइ गर्न नहुने बताउनुभयो । उहाँले संघीयताअनुसार अधिकार दिन शिर्ष तीन दलका नेताहरुसँग आफूले आग्रह गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले उहाँलाई नागरिक अभिनन्दन सहित मायाको चिनो दिएर स्वागत समेत गर्नुभएको थियो । यस्तै, प्रतिनिधि सभा सदस्य जुली महतो र मुख्यमन्त्री सरोजकुमार यादव समेतले उहाँलाई मायाको चिनो दिई सम्मान गर्नुभएको थियो । यसअघि राष्ट्रपति पौडेलले सोमबार बिहान जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू