अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 15:53

पश्चिमाहरुले झुठको साम्राज्य खडा गरेको रुसी विदेशमन्त्रीको आरोप

बिआरटीनेपाल २०८० असोज ७ गते ७:१४ मा प्रकाशित

रुसी विदेशमन्त्री सर्गेई लाभारोबले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाउनु भएको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै लाभारोबले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले झुठको खेति गरिरहेको आरोप लगाउनुभयो ।पश्चिमाहरु विश्वमा नयाँखालको उपनिवेश चलाउन चाहन्छन् भन्दै उहाँले अमेरिका र उसका सहयात्री देशहरुले निरन्तर द्वन्दलाई चर्काइरहेको बताउनुभयो ।

संसार उनीहरुको डिजाइनमा चल्नुपर्छ भन्ने मानसिकता पश्चिमाहरुले बोकेको भन्दै लाभारोबले रुसले विश्वलाई उनीहरुको बन्दी बन्न नदिने पनि बताउनुभयो । कृष्ण सागर हुँदै युक्रेनी खाद्यान्न निकासीका लागि राष्ट्रसंघले अघि सारेको प्रस्ताव रुसलाई मान्य नभएको भन्दै उहाँले रुसमाथिको पश्चिमा नाकाबन्दी नहटेसम्म कुनै पनि प्रस्तावमाथि छलफल नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू