अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 11:01

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित

बिआरटीनेपाल २०८० असोज ७ गते ७:११ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो । तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो ।

यसअघि पनि उक्त मुद्दामा बारम्बार पेशी तोकिने र सुनुवाई नहुने क्रम चल्दै आएको थियो । आइतबारका लागि मुद्दाको पेशी तोकिएका कारण चीनको ह्याङचउमा भईरहेको एशियाली खेलकूदमा सहभागी हुन जाने टोलीको विदाई कार्यक्रममा सन्दीप गएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू