अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 17:53

नेसपासँग पार्टी एकता गर्न माओवादीले फेरि पठायो पत्र

बिआरटीनेपाल २०८० असोज ३ गते ६:१४ मा प्रकाशित

माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न औपचारिक पत्र पठाएको छ। भदौ २५ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले संयुक्त रुपमा नेसपालाई पार्टी एकताका लागि आग्रह गर्नुभएको हो ।

नेसपाका पहिलो अध्यक्ष डा। बाबुराम भट्टराई भ्रमणका लागि भारत गएकै दिन भदौ ३० गते अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर माओवदीले पत्र पठाएको हो। पत्रमा नामका विषयमा आउँदो महाधिवेशनमा खुला रुपमा छलफल गर्न सकिने उल्लेख गरिएको छ।ा नेसपाले माओवादी नामसँग असहमति जनाउँदै आएको सन्दर्भमा त्यसलाई महाधिवेशनबाटै टुंगो लगाउने प्रस्ताव माओवादीले गरेको हो। पत्रमा भनिएको छ, ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्ट भित्र रहेको माओबादी केन्द्र बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ।’

माओवादीका एक नेताका अनुसार यो पत्र भदौ ३० गते पठाइएको पत्रको जवाफ हो। यसअघि नेसपाका पहिलो वरियताका अध्यक्ष डा। भट्टराईले एकताका लागि तयार रहे पनि नामको विषयमा विचार गर्नुपर्ने आशयको पत्र पठाएको थिए। ती नेताले भनेका छन्, ‘यो जवाफी पत्र मात्रै हो। यसअघि बाबुरामजीले पठाएको भएको पत्रको जवाफ दिइएको हो।’

माओवादी केन्द्रले एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाउँदा नेसपालाई बाइपास गरेको थियो। मोर्चाको पक्षमा भट्टराई हुँदाहुँदै जसपाका उपेन्द्र यादवलाई देखाएर नेसपालाई बाहिर राखिएको थियो। माओवादीले विप्लवसँग पनि एकताका लागि छलफल चला रहेको छ भने समाजवादी मोर्चालाई नै पार्टी एकतामा बदल्ने कोणबाट पनि छलफल भइरहेको नेताहरु बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू