अमेरिका, ४ जुलाई / लामो समय देखि निर्वाचन हुने नहुने भन्ने अन्योलमा रहेको एनआरएन अमेरिकाको २०१७-२०१९ अवधिको निर्वाचन आज निर्वाचन समितिले अगस्ट ११ र १२ मा निर्वाचन हुनेगरी कार्यतालिका प्रकाशन गरे सँगै समाप्त भएको छ । प्रकाशित निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ;
अन्तिम मतदाता नामावली प्रकाशन जुलाई ४
मनोनयन दर्ता जुलाई ४ देखि ८ सम्म, हुलाकबाट जुलाई १३ सम्म निर्वाचन समितिमा आइपुग्नुपर्ने,
उम्मेदवारको नामवली प्रकाशन १८ जुलाई २०१७,
उम्मेदवारी फिर्ता २४ जुलाई मध्यरात सम्म,
उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ जुलाई,
मतदान ११ र १२ अगस्ट २०१७,
निर्वाचनको विजेता घोषित १९ अगस्ट २०१७,
विजेताको प्रमाणपत्र र सपथग्रहण २० अगस्ट २०१७
अहिले एनआरएन अमेरिका एनसीसी को लागि २३ पद, २६ स्टेट च्याप्टरको लागि प्रत्यकमा ११ पद र आइसीसी सदस्यको लागि ८ स्थानको लागि निर्वाचन हुन लागिरहेको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस्:
निर्वाचन कार्यक्रमको लागि:
https://nrnnccusa.org/election-announcement/
नोमिनेशन फर्मको लागि:
https://nrnnccusa.org/nomination-forms-election-2017/
Election schedule with important Deadlines
See below: