अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

भारतको पश्चिम बंगालमा विधान सभा सदस्यको तलबमा ४० हजार रुपैयाँको वृद्धि

बिआरटीनेपाल २०८० भदौ २१ गते ६:०६ मा प्रकाशित

भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले विधान सभा सदस्य, राज्यमन्त्री र मन्त्रीहरूको तलब ४० हजार भारू बढाएको घोषणा गर्नुभएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बिहीबार बेनर्जीले विधान सभामा तलब बढेको घोषणा गर्नुभएको हो ।

यसअघि पश्चिम बंगलाका विधान सभा सदस्यले मासिक १० हजार रुपैयाँ तलब पाउँथे भने राज्यमन्त्रीले १० हजार ९ सय र मन्त्रीहरूले ११ हजार रुपैयाँ पाउने गर्थे। उनीहरूले अरू भत्ता, सुविधा भने धेरै नै पाउँथे। सबै सुविधा जोडेर विधान सभा सदस्यहरूले मासिक ८१ हजार भारू पाउँने गर्थे । राज्यमन्त्री र मन्त्रीको सुविधा अझै बढी हुने गथ्र्यो । भारतका अरू प्रान्तको तुलनामा पश्चिम बंगालका विधान सभा सदस्यको मासिक तलब कम भएकाले बढाइएको मुख्यमन्त्री बेनर्जीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू