अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८
| Colorodo: 11:33
भारतीय कांग्रेसका नेता राहुल गान्धीले सुरु गरेको भारत जोडो अभियानको एक वर्ष पूरा भएको छ । अभियानका क्रममा गान्धीले कन्याकुमारीदेखि काश्मिरसम्म चार हजार किलोमिटर यात्रा गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा नेता गान्धीले देशमा एकता र स्नेह प्रवर्द्धनका साथै समुज्ज्वल भविष्यका निम्ति करोडौँ पाइला शीर्षकमा राखेको तीन मिनेटको भिडियोमा भारत एकताबद्ध नभएसम्म र देशबाट घृणा लोप नभएसम्म भारत जोडो यात्रा जारी रहने बताउनभयो ।
उहाँले भारत जोडो यात्रालाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । अभियानको वार्षिकीका अवसरमा कांग्रेस नेता तथा कार्यकर्ताहरुले देशभर आज विविध कार्यक्रम आयोजना गरेका छन् । अभियानका अभियन्ता गान्धी भने अहिले साताव्यापी युरोप भ्रमणमा रहनुभएको छ ।