अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

सुन प्रकरण : सुमन खरेल नेपाल-भारतमा सुन ओसार पसारमा संलग्न भएको खुलासा

बिआरटीनेपाल २०८० भदौ २० गते ५:२६ मा प्रकाशित

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलासा भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो ।चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी स्रोतले बताएको छ । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

यसैबीच सिआइबीले सुन तस्करी प्रकरणमा कनेक्सन देखिएकाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि बयान लिएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई सीआईबी कार्यालयमा बोलाएर बयान लिइएको हो । बयानपछी आवश्यक परेको खण्डमा पुन बोलाउने गरी कागज गरि छोडिएको सिआइबीले जनाएको छ । पुनमाथि सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहलाई सहयोग गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय