अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८
| Colorodo: 11:33
थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसन र उहाँको मन्त्रीमण्डले राजा महा वजिरालोङ्कोर्न समक्ष शपथग्रहण गर्नुभएको छ । फिउ थाइ पार्टीको नेतृत्वमा रहेको सरकारमा श्रेथासहित ३३ जनाको मन्त्रीमण्डल रहेको छ । समारोहमा गठबन्धनका प्रमुख ४ दल फेउ थाई, भुमजैथाई, पलाङ प्रचरथ र युनाइटेड थाइ नेशनका ६ उपप्रधानमन्त्रहरुसहित अन्य मन्त्रीपरिषद्का मन्त्रीहरु र उपप्रधानमन्त्री सहभागी थिए ।
शपथग्रहणपछि सरकारी निवासमा सम्बोधन गर्दै श्रेथाले यो सरकार जनताको सरकार भएको र मन्त्रीपरिषद्का हरेक सदस्य जनताको प्रतिनिधिका रुपमा उपस्थित रहेको बताउनु भयो । अर्थमन्त्रीसमेत रहनुभएका उहाँले आजै बुधवार मन्त्रीपरिषद्को बैठक बस्ने बताउनु भयो ।