अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै

बिआरटीनेपाल २०८० भदौ १३ गते २०:२३ मा प्रकाशित

हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको विश्व संस्कृत दिवस आज मनाइँदैछ । २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् । नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाण्डौमा आयोजना गरिएको छ ।

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुने काठमाण्डौ विश्व विद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले बताउनुभयो ।  प्राचीनकालमा शैक्षिक सत्रको शुरुआत पनि साउन शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले यस दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय