संयुक्त राष्ट्र संघको महासभाले परमाणु परीक्षणविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ । मंगलवार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने बताउनु भयो ।संयुक्त राष्ट्र महासभाको ७७ औँ सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै समस्याहरु उत्पन्न भइरहेको बताउँदै विश्वव्यापी प्रकोपको नजिक विश्व रहेको बताउनु भयो ।
आणविक हतियारका कारण डरलाग्दो घटना हुनसक्ने चेतावनी दिनुभयो । आणविक हतियारमा शर्त लगाएर मानव जीवन संकटमा पारेको बताउनु भयो ।कोरोसीले आणविक हतियारको निरन्तर आधुनिकीकरणमा लगानी र मानवताको लक्ष्य, आकांक्षा र सम्झाैतासँग मेल नखाने बताउनु भयो । यसलाई रोक्नका लागि सबै एक ठाउँमा आएर आणविक हतियारको प्रयोग कम गर्दै जानुपर्ने बतानु भयो । उहाँले विश्वले आणविक हतियारको बढ्दो प्रयोग गर्नु मानवीय संकट उत्पन्न हुनु रहेको बताउनु भयो ।
उहाँले संसारलाई सम्पूर्ण रुपमा सुरक्षित बनाउन र परमाणु खतरामुक्त संसार बनाउन त्यस दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।अन्तर्राष्ट्रिय दिवस मनाउने बारेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक परीक्षणमा कानुनी रुपमा बाध्यकारी प्रतिवन्ध आणविक हतियारमुक्त संसारको लागि आधारभूत कदम हुने बताउनु भयो ।
व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी) अझै लागू नभए पनि यो दिवसले सकारात्मक सन्देश जाने बताउनु भयो । सीटीबीटी सेप्टेम्बर १९९६ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको थियो । तर अहिलेसम्म लागू भएको छैन ।