दिन प्रति दिन प्रवासमा नेपालीहरू जति बढी रहेका छन् , त्यति नै रूपमा नेपालीहरूको ब्यबसाया पनि निकै बढ्दो क्रममा छ । नायिका तथा मोडलको परिचय बनाएकी अनु खड्का अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आएकी छिन अमेरिका आएको एक वर्ष पनि नपुग्दै ट्राभल ब्यबसाय सुरुवात गरेकी छिन । एभरेस्ट ट्राभल्स एन्ड टुर्स नाम दिइएको उक्त ट्राभल न्यु योर्क ज्याक्सन हाइट्समा अवस्थित ७४ स्ट्रीट मारहेको छ निकै सकारात्मक सोचकि धनी अनु गायन तथा नृत्यमा पनि त्यतिकै शौखिन छिन।
युवा देखी वृद्ध सम्म सबै को मन जिती आफ्नो व्यवसाय सञ्चालन गर्ने अनु को चाहना छ। नेपाली दाजु, भाइ, दिदीबैनीहरू सबै लाई सुपथ मूल्यमा टिकट उपलब्ध गराउनु एभरेस्ट ट्राभल्स एन्ड टुर्सको मुख्य उद्देश्य हो नेपालीहरूको निकै चहल पहल रहेको ज्यक्सन हाइट्समा नेपाली समुदायले आफ्नो व्यवसायमा राम्रो साथ दिने कुरामा अनु ढुक्क छिन । आफू मात्र होइन आफू जस्तै अरू युवा युबतीहरु पनि यो क्षेत्रमा आउन भन्ने उनको चाहना छ विदेशमा शिक्षा को धेरै महत्त्व भएको हुनाले साथै आफूमा पढ्ने चाहनाले गर्दा अनु छिट्टै मास्टर्स गर्ने तयारीमा छिन । उनी भन्छिन( शिक्षा नै जीवन को पहिलो बिन्दु हो जसले हाम्रो जिबनपरिवर्तन गराउन सक्छ ।