अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनियताको सपथ

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:०७ मा प्रकाशित

सर्वाेच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथ गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आायेजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । संसदीय सुनुवाई समितिले श्रेष्ठको नाम सोमबार अनुमोदन गरेको थियो । श्रेष्ठलाई राष्ट्रपति पौडेलले हिजो सोमबनर नै प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशबाट गत साउन २० गते उमेरहदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।संसदीय सुनुवाई समितिले नामअनुमोदन गरेसँगै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सपथ ग्रहरण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, समामुख देवराज घिमिरे,प्रधानमन्त्री पुष्पकमल दाहाल लयायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय