अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५
| Colorodo: 20:30
लगातार दोस्रो दिन आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।
आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।