अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७
| Colorodo: 04:42
चीनको सीमा रक्षा सैन्य टोली र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । ५ दिने भ्रमणको लागि बुधबार काठमाडौं आइपुगेको चिनियाँ सैन्य टोली र सेनाप्रमुख शर्माबीच सैनिक मुख्यालयमा भेटवार्ता भएको हो । प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीबीच दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।
आन्दे नेतृत्वको टोलीले नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्राहलय लगायत विभिन्न युनिटको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
