अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

रुसको केन्द्रीय बैंकले ब्याजदर १२ प्रतिशत पुर्‍यायो

बिआरटीनेपाल २०८० साउन ३१ गते ६:५२ मा प्रकाशित

रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ । मंगलबार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पुर्‍याउने ने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको केन्द्रीय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सिमित गर्ने उद्देश्यले यो निर्णय गरिएको बताएको छ ।

रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फितिदर बढेर ४.४ प्रतिशत पुगेको छ भने हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको बैंकले जनाएको छ । बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन बिस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ भने मुद्रास्फितिको दबाब बढेको छ । साथै आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशिलतालाई प्रभाव पारेको छ ।

बैंकको हालको निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पुर्‍याउने अपेक्षा छ । अमेरिकाको तुलनामा रसियन मुद्रा १०१ ले कम छ । सोमबार र मंगलबार रुबल ९८ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू