अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५०
| Colorodo: 12:05
पाकिस्तानमा शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री शहबाज शरीफले शनिबार कार्यबाहक प्रधानमन्त्री घोषणा गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार सम्भावित कार्यबाहक प्रधानमन्त्रीको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ ।
गठबनधन दलबीच छलफल गरेपछि कार्यबाहक प्रधानमन्त्रीको नाम घोषणा हुने पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले जानकारी दिनुभयो । शुक्रबार साँझ प्रधानमन्त्री शरीफले गठबन्धन दलका नेताहरूलाई रात्रिभोज दिनुभएको थियो । प्रधानमन्त्री शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ ।