अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 15:30

सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौं : प्रदीप पौडेल

बिआरटीनेपाल २०८० साउन २६ गते ६:४७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राख्नुभएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताउनुभएको हो । उहाँले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुको रुपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताउनुभएको हो ।

सांसद पौडेलले संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउनसक्ने भनाई छ । उहाँले संसदीय समितिले प्राविधिक रुपमा सिआइबि लगायतका सरकारी संयन्त्रहरुलाई पनि प्रयोग गर्नसक्ने बताउनुभयो । सांसद पौडेलले संसदीय समितिले विज्ञहरुको समिति बनाएर त्यसको सुझाव र प्रतिवेदन लिएर पनि छानबिन गर्नसक्ने बताउनुभयो । उहाँले संसद भित्रैबाट सांसदहरुको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ नभएको बताउनुभयो ।

सांसद पौडेलले संसद सधै अवरुद्ध गरेर गाईजात्रा देखाइएको टिप्पणी गर्नुभयो । संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने बताउनुभयो । संसदको अवरोध खुलाउन मुख्य रुपमा तीन शिर्ष नेताहरुको जिम्मेवारी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू