इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो । गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए । त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।
अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४
| Colorodo: 12:09