अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५०
| Colorodo: 12:05
उच्च तापक्रमका कारण पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा आगो लागेपछी आसपासको बस्तीका १४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८ सय बढी अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिए पनि आगो नियन्त्रणमा आएको छैन भने ९ जना अग्नी नियन्त्रक घाइते भएका छन् । पोर्चुगलमा हाल तापक्रम ४० डिग्री सेल्सियस पुगेको बताइएको छ ।