अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

टर्कीले अगस्टमा विश्वलाई सुखद् समाचार दिने

बिआरटीनेपाल २०८० साउन २० गते ४:५० मा प्रकाशित

टर्कीले विश्वलाई अगस्टमा सुखद् समाचार दिने भएको छ । टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले इस्तानबुलमा शुक्रबारको प्रार्थनापछि पत्रकारहरूसँग कुरा गर्दै आगामी अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टर्की भ्रमण हुनसक्ने बताउनुभएको हो । राष्ट्रपति पुटिनको टर्की भ्रमणको मिति नतोकिएको भए पनि अगस्ट महिनाभित्र हुनसक्ने बताउनु भयो । गएको बुधबार राष्ट्रपति पुटिनले राष्ट्रपति एर्दोगानसँग टेलिफोन वार्ता गर्दै भ्रमण गर्ने बताउनुभएको थियो । टेलिफोनमा एर्दोगानले पुटिनलाई ब्ल्याक सी अनाज सम्झौता अनुसारको काम पुनः सुरु गर्न आग्रह गरेको बताउनुभयो ।

युक्रेन र रुसबीचको तनाव कम गर्न टर्कीको मध्यस्थकर्ताको भूमिका अद्वितीय रहेको भन्दै अन्तर्राष्ट्रिय रूपमा प्रशंसा गरिएको छ । टर्कीले कीभ र मस्कोलाई वार्तामार्फत युद्ध अन्त्य गर्न निरन्तर आह्वान पनि गरिरहेको छ । संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति एर्दोगानले ब्लाक सी कोरिडोर खोल्नसके भोकमरीबाट पीडित अफ्रिकन देशले खानेकुरा पाउने कुरा पुटिनलाई टेलिफोन संवादमा भनेको उल्लेख गर्नुभयो ।

‘टर्कीले अफ्रिकी देशहरूसँगको सकारात्मक सम्बन्ध कायम राख्न काम गरिरहेको छ’ राष्ट्रपति एर्डोगानले भन्नुभयो । युरोपेली देशहरूको परम्परागत रूपमा औपनिवेशिक दृष्टिकोणको विपरीत, टर्कीले लामो समयदेखि अफ्रिकी देशहरूसँगको आफ्नो सम्बन्धलाई मजबुत बनाउँदै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू