अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

बिआरटीनेपाल २०८० साउन १९ गते ५:१० मा प्रकाशित

जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सीके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो ।

बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने निर्णय गरेको छ । पार्टीले आज शुक्रवार स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय