अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आपराधिक समूहलक्षित कारबाहीमा परि कम्तीमा ९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० साउन १८ गते ५:४३ मा प्रकाशित

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ । रियो दि जेनेरियो सहर आसपासमा प्रहरीले गरेको आक्रमणमा कम्तीमा ९ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा पेन्हामा आपराधिक समूहलाई लक्षित गरी प्रहरीले कारबाही तीव्र पारेको छ ।ब्राजिलमा पछिल्ला दिनमा भइरहेका प्रहरी कारबाहीलाई राजनीतिक समर्थन छ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरीबाट भइरहेको कामको समर्थन गर्नुभएको छ । तर यस्तो आक्रमणमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू