अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 18:43

रुसी ड्रोन हमलामा युक्रेनको अन्नभण्डार ध्वस्त

बिआरटीनेपाल २०८० साउन १८ गते ५:४१ मा प्रकाशित

रुसले युक्रेनमा लगातार रुपमा गरिरहेको मिसाइल र ड्रोन आक्रमणलाई तीब्रता दिएको छ । रुसले बुधबार युक्रेनको ओडेसा शहरको बन्दरगाह र अन्न भण्डारमा लक्षित गरेको ड्रोन आक्रमणका कारण अन्न भण्डार पुर्ण रुपमा क्षतिग्रस्त भएको हाे ।

रुस र युक्रेनबीच युद्धका क्रममा सर्वसाधारणलाई खाद्यान्न अभाव हनु नदिन भण्डार गरिएको अन्न आक्रमणका कारण नष्ट भएका छन्। रुसको ड्रोन युक्रनेको बन्दरगाहतर्फ अघि बढीरहेको युक्रेनको वायुसेनाले सुंइको पाएलगत्तै सबैलाई सचेत तुल्याएको थियो ।

यसअघि रुसको मिसाइल आक्रमणमा परी युक्रेनको विश्वविद्यालय र युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीकाे गृहनगरका केही भवन ध्वस्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू