अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३
| Colorodo: 03:58
संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ । मंगलबार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षविहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रस्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताउनुभयो ।
आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।