अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा, ४४ जनाको मृत्यु

बिआरटीनेपाल २०८० साउन ८ गते ७:३६ मा प्रकाशित

अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा ४४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानमा ३१ जना र पाकिस्तानमा १३ जनाको मृत्यु भएको हो भने थुप्रै बेपत्ता भएका छन् । अफगानिस्तानमा जारी वर्षाको प्रभाव छिमेकी देश पाकिस्तानमा पर्दा हजारौं मानिस बिस्थापित भएका छन् ।

अफगानिस्तानमा पहिरोमा पुरिएर घाइते भएका ७४ जनाको उपचार भइरहेको छ भने काबुल लगाएत पश्चिमी क्षेत्र बर्दक प्रान्त बाढीको चपेटामा पर्दा प्रभावितहरुलाई स्थानान्तरण गरिएको छ । बाढीले २ सय ५० भन्दा बढी चौपाया बगाएको छ ।

पाकिस्तानमा पनि अधिकांश शहर जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । बाढीका कारण दुबै देशको खेतीयोग्य जमिन बगाएर नष्ट भएको छ । यो वर्षको अप्रील महिनादेखि दक्षिण एशियाली मुलुकहरु लगातारको वर्षा, खडेरी र प्राकृतिक प्रकोपको सामना गरिरहेका छन् । अफगानिस्तानमा प्रत्येक वर्ष प्राकृतिक प्रकोपले २ लाख मानिस प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू